SarvaDharma Samaj
🕊️ मकवानपुरको धार्मिक सद्भाव अभियान

सर्वधर्म समाज नेपाल

नेपाललाई धार्मिक द्वन्द्वमुक्त बनाउने अभियान

१४+ जिल्लाका सदस्य
६+ धर्मका प्रतिनिधि
द्वन्द्वमुक्त जिल्ला लक्ष्य
हाम्रो अभियान

मकवानपुरलाई शान्तिको रोलमोडेल बनाउने

पछिल्लो समय मधेश प्रदेशका केही जिल्लामा भड्किँदो साम्प्रदायिक सद्भावको बाछिटाले हेटौँडा तरंगित भएको छैन। तर सचेतना जरुरी छ।

हेटौँडाको वैभवता, शालीनता, सहिष्णुता र सद्भावलाई अरु मजबुत बनाउने उद्देश्यले सबै धर्मगुरूहरूको सहमति र सहकार्यमा युवा समूहले सर्वधर्म समाज नेपाल स्थापना गरेका छन्।

पूरा परिचय पढ्नुहोस्

मकवानपुरलाई सधैँका लागि धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा गरी शान्तिको रोलमोडेल बनाउनु मुख्य आवश्यकता हो।

राजेश वाग्ले संस्थापक, सर्वधर्म समाज नेपाल
हाम्रा उद्देश्यहरू

हामी के गर्न चाहन्छौँ?

सद्भावको रक्षा

सबै धर्म, संस्कृति र समुदायका नागरिकबीच आपसी भ्रातृत्व र सम्मानको भावना जागृत गराउने।

द्वन्द्वको न्यूनीकरण

धार्मिक वा साम्प्रदायिक नाममा हुनसक्ने सम्भावित असमझदारीलाई बेलैमा संवादमार्फत हल गर्ने।

सहिष्णुताको सन्देश

हेटौँडाको बहुसांस्कृतिक पहिचानलाई देशभरिकै लागि उदाहरणीय शान्ति क्षेत्रको रूपमा स्थापित गर्ने।

सचेतना अभियान

समाजका तल्लो तहसम्म पुगेर धार्मिक सहिष्णुता र सामाजिक एकताका विषयमा युवाहरूलाई सचेत गराउने।

धर्मगुरुहरूको संलग्नता

सबै धर्म, एउटै मञ्च

हिन्दू, बौद्ध, इस्लाम, इसाई, शिख, जैन लगायतका सबै सम्प्रदायका गुरुहरू एउटै मञ्चमा उभिएर मकवानपुरलाई धार्मिक द्वन्द्वमुक्त बनाउन संकल्पित हुनुहुन्छ।

रामानुज गुरु

हिन्दू धर्म

शेराब दोर्जे लामा

बौद्ध धर्म

मोहम्मद अली

इस्लाम धर्म

सुवास गोपाली

इसाई धर्म

उत्तम शर्मा ढकाल

हिन्दू महासंघ

तैयस अन्सारी

इस्लाम धर्म

रेवती दिदी

ब्रह्मकुमारी

अन्य गुरुहरू

सबै धर्म

आउँदा कार्यक्रम

हाम्रा कार्यक्रमहरू

चाँडै नयाँ कार्यक्रमहरू घोषणा हुनेछन्।

सबै कार्यक्रम हेर्नुहोस्

यस महाअभियानमा हातमा हात मिलाऔँ

जात, धर्म र समुदायभन्दा माथि उठेर हेटौँडा र समग्र मकवानपुरलाई धार्मिक सहिष्णुताको केन्द्र बनाउन सहभागी हुनुहोस्।